काठमाडौं– छालारोग विशेषज्ञहरुको संस्था सोसाइटी अफ डर्माटोलोजी, भेनेरोलोजी एन्ड लेप्रोसीमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार सम्पन्न भएको १५ औं अधिवेशनले छालारोग विशेषज्ञ प्राडा सबिना भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा गण्डकी मेडिकल कलेज पोखरामा अध्ययापनरत प्राडा प्राडा सरस्वती शर्मा न्यौपाने, महासचिवमा किष्ट मेडिकल कलेजमा कार्यरत डा मनिषा सिंह र कोषध्यक्षमा नेपाल मेडिकल कलेजकी डा सिता जोसी चयन भएकी छिन्।
यस्तै सहसचिवमा डा आयुष झा र जर्नलको प्रमुख सम्पादक डा जिपतारा पाठक चयन भएका हुन्।
सदस्यहरुमा डा अनिल कुमार भट्ट, डा प्रथना अधिकारी, डा कुमार पोख्रेल र डा सिमान्त अंकित चयन भएका छन्।
यसअघि सोसाइटीको अध्यक्षमा डा सुदिप पराजुली थिए।