काठमाडौं- स्वास्थ्यकर्मीहरुले पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै होली पर्व मनाएका छन्। होलीको दिन ड्युटी रहेका स्वास्थ्यकर्मीहरुले अस्पताल परिसरमा र बिदा भएका स्वास्थ्यकर्मीले घरमा नै होली मनाएका छन्। केही स्वास्थ्यकर्मीले होलीको टिका र गालामा अबिर लगाएर ड्युटी गर्न पुगेका छन्।
होली मनाउने सबैले स्वास्थ्य सुरक्षा अपनाएर नै होली मनाएको बताएका छन्। अस्पताल परिसरमा होली मनाउनेहरु मास्कमा नै होली खेलीरहेका समेत थिए।
हेरौं तस्बिरहरु





















