काठमाडौं- सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्ष र सदस्य नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले परिषदको अध्यक्षमा डा गेहनाथ बराललाई नियुक्त गरेको हो।
डा बरालले पत्र भने बुझ्न बाँकी रहेको जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा अध्यक्षमा बराल र सदस्यहरु नियुक्त भएका हुन्। यस्तै परिषदको उपाध्यक्षमा डा गौरव ढकाल नियुक्त भएका छन्।
यसैगरी मन्त्रिपरिषदले डा बन्दना खनाल, डा अवधेश तिवारी, डा सन्तोष शाक्य र डा रामआधार यादवलाई सदस्य नियुक्त गरेको छ।