काठमाडौं - स्वास्थ्य सेवा विभागले महामारीजन्य रोगको पहिचान र निराकरणका लागि भारत र चीनसँग जोडिएका सिमा नाकामा खटाइएका तर नगएका स्वास्थ्यकर्मीलाई ३ दिनभित्र सम्पर्कमा आउन र खटाइएको स्थानमा जान भनेको छ। तीन दिनभित्र सम्पर्कमा नआउनेलाई विभागले कारवाही गर्ने चेतावनी दिएको छ।
विभागले मंगलबार (हिजो) सूचना प्रकाशित गर्दै खटाइएको स्थानमा समेत सम्पर्कमा नआएका र कामकाजमा नजाँदा दैनिक कार्यमा अवरोध आएको भन्दै ४८ मध्ये ३० जना स्वास्थ्यकर्मीलाई खटाइएको स्थानमा जान तीन दिनको समय दिएको हो।
खटाइएको स्थान तीन भित्र नजाने स्वास्थ्यकर्मीलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाउने विभागले चेतावनी दिएको छ।
भारत र चीनसंगका सीमा नाकामा रहेका हेल्थ डेस्कमा काम गर्ने गरी खटाइएका ३० जना स्वास्थ्यकर्मीलाई आफ्नो सम्पर्कमा आई तीन दिन भित्र खटाएको ठाँउमा जान निर्देशन दिएको छ ।
विभागले सीमा नाकाका हेल्थ डेस्कमा काम गर्ने गरी गत ९ पुसमा ४८ जना स्वास्थ्यकर्मीलाई खटाइएको थियो। तीमध्ये ३० जना स्वास्थ्यकर्मी खटाइएको स्थानमा सम्पर्कमा नआएको विभागको भनाइ छ।
विभागले ती खटाइएका स्वास्थ्यकर्मीको तलवभत्ता विभागबाटै भुत्तानी हुने गरी कर्ममारीलाई हेल्थ डेक्समा खटाएको थियो।

