काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी मोहम्मद दाउदलाई दिएको छ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै दाउदलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। दाउदले जिम्मेवारी पाएपछि उक्त स्थानमा रहेका डा यदुचन्द्र घिमिरेलाई हेटौंडास्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा सरुवा गरिएको छ।