काठमाडौं - काठमाडौं उपत्यकामा एकै दिन १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा देशैभर २ सय ६६ संक्रमित भेटिएका काठमाडौं उपत्यकामा मात्र १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडौंमा ९८, भक्तपुरमा १३ र ललितपुरमा २६ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा हाल कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८९ हजार ८ सय २४ पुगेको छ।
गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ। हाल ६४ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय २ जना उपचारपछि डिस्चार्ज भएका छन्।