काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह एमडी/एमएस र एमडिएसको खुलातर्फको दोस्रो म्याचिङको नतिजा र विद्यार्थी भर्ना सम्बन्धी सूचना निकालेको छ।
आयोगले चैत २२ मा खुलातर्फको दोस्रो म्याचिङ सूची प्रकाशन गरेकोमा एमडी/एमएस विथवाउट एक्सपेरियन्स समूहको नयाँ योग्यताक्रमको सिरियल नम्बर राख्ने क्रममा छुट हुन गई पुरानै योग्यताक्रम पर्न गएको कारण म्याचिङ सूचीमा समेत फरक पर्न गएकाले तत्काल त्रुटि पहिचान गरी यसअघिको सूची खारेज गरी पुन: दोस्रो म्याचिङको सूची प्रकाशन गरेको हो।
आयोगले म्याचिङ सूचीमा समावेश भएकालाई चैत ३१ गतेभित्र भर्ना गर्न भनेको छ।
हेरौं सूची