काठमाडौं- त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा अत्याधुनिक सेवासहितको आइसियु सेवा सुरु भएको छ। त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाले मंगलबार आइसियुको आज औपचारिक उदघाटन गरेका हुन्।
अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले कोरोना संक्रमण तथा अन्य संक्रामक रोगलाई लक्षित गरी आइसियुको सेवालाई थप व्यवस्थित र अत्याधुनिक बनाइएको जानकारी दिए।
अस्पतालमा साढे ५ करोडभन्दा बढी रकमको लागतमा १२ शय्याको अत्याधुनिक आइसियु सेवा सञ्चालनमा ल्याइएको हो। उक्त आइसियुमा हरेक शय्यालाई छुट्टै क्याबिनको व्यवस्था गरिएको छ। क्याबिनभित्र नेगेटिभ प्रेसर (भित्र फेरेको सास भेन्टिलेटर मार्फत फिल्टर हुने व्यवस्था)को व्यवस्थापन गरिएको छ।
