काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ जनाको पिसिआर परीक्षणमा ३३२ जनामा कोरोना पोजिटिभ आएको हो।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७ढ हजार १०० पुगेको छ।
गत २४ घण्टामा ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल ७७जना क्वारेन्टाइनमा छन्।