काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार ७ सय २५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ८ सय जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ९ हजार ७ सय ७६ पुगेको छ।
गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको तथ्यांक प्राप्त भएको जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३९ पुगेको छ। हाल ८४ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १ सय ५१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ जना पुगेको मन्त्रालयले जनाएको छ।