काठमाडौं - क्लिनिकल प्यथोलोजी एसोसिएसन नेपालमा डा रुणा झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार नेपाल मेडिकल एसोसिएसन प्रदर्शनी मार्गमा भएको निर्वाचनले नयाँ कार्यसमिति चुनेको हो।
निर्वाचन समिती संयोजक डा आरसी अधिकारीले अध्यक्षामा डा झासहित अन्य पदाधाकारी निर्वाचित भएको घोषणा गरेका थिए।
एसोसिएसनको उपाध्यक्षमा डा सुनिती श्रेष्ठ, सचिवमा डा निराजन मैनाली, सहसचिवमा डा शंकर काफ्ले र कोषाध्यक्षमा डा ऋचा पान्डे निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा डा गणेश पराजुली, डा निशा शर्मा, डा स्वेछा मास्के, डा विवेक केसी, डा फहद आलम र डा ज्वलन्त पौडेल निर्वाचित भएका छन्।
उक्त समितिको पहिलो बैठक शनिबारनै नेपाल मेडिकल एसोसिएसनमा बसेको थियो। पहिलो बैठकमा नयाँ योजना र कार्यक्रमहरु बारे छलफल भएको बताइएको छ। कोरोनाको कारण जूम मिटिङ समेत गरी उपस्थितिलाई कम गरिएको जानकारी निवर्तमान सदस्य डा रेखा मानन्धरले जनकारी दिइन्।