काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित ठुला सहरका विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।
स्वास्थ्य मन्त्रालयमा मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएका र बालबालिकाहरु उच्च जोखिममा रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको बताए।
उनले उक्त विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा छलफल भएको बताए। यद्यपि यस विषयमा औपचारिक निर्णय समेत भइसकेको छैन। उक्त अवधिमा अनलाइन कक्षा मार्फत पठनपाठन गराउन मन्त्रालयको सुझाव छ।