काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा पढेका विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको छ। मन्त्रालयले सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पत्राचार गरेको हो।
मन्त्रालयले सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पतालहरुलाई उक्त पत्र पठाएको हो।
मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन उक्त पत्र पठाएको हो।