काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति अध्ययन सम्पन्न गरी विभिन्न स्वास्थ्य संस्थामा परिचालन भएका विशेषज्ञ चिकित्सकले अस्पतालको आवश्यकताको आधारमा फस्ट अन कल ड्युटी गर्नुपर्ने निर्णय गरेको छ।
मन्त्रालयले ३१ गते सचिवस्तरीय निर्णय गर्दै 'डिएम/एमसिएच/एमडी/एमएस/एमडिएस अध्ययन सम्पन्न गरी परिचालन भएको विशेषज्ञ चिकित्सक अस्पतालको आवश्यकताको आधारमा फस्ट अन कल ड्युटी गर्ने' निर्णय गरेको छ।