काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ५ सय ३४ कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका ११४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० देखि २९ वर्षका १०७, ४० देखि ४९ वर्षका ९२, ५० देखि ५९ वर्षका ७२, १० देखि १९ वर्षका ४०, ६० देखि ६९ वर्षका ३३ जना संक्रमित छन्। यस्तै, ७० देखि ७९ वर्षका र नौ वर्ष मुनिका समान १२/१२ जना, ८० देखि ८९ वर्षका ५ र ९० देखि एक सय वर्षसम्मका २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ। हालसम्म भेटिएका कुल संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ७५ हजार २ सय ३० जना संक्रमित मात्र २१ देखि ३० वर्षका उमेरका छन्।
३१ देखि ४० वर्षका संक्रमितको संख्या दोस्रो सूचीमा छ। ३१ देखि ४० वर्षका संक्रमितको संख्या ७३ हजार ६ सय ४८, ४० देखि ५० वर्षका ४६ हजार ९ सय १, ५१ देखि ६० वर्ष उमेरका ३१ हजार १ सय ६७, ११ देखि २० वर्ष उमेरका १८ हजार ४ सय ८ जना छन्।
यस्तै, ६१ देखि ७० वर्ष उमेरका १६ हजार ५ सय ४०, ७१ देखि ८० वर्ष उमेरका ८ हजार ८ सय १९, १० वर्ष मुनिका ६ हजार ५ सय ८६ र ८० वर्ष माथिका ३ हजार ६ सय ८८ जना संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।