काठमाडौं - देशभर हाल १ सय २६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। गत २४ घण्टामा भेटिएका ५ सय ३४ जना संक्रमितमध्ये १ सय २६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
९१ जना आइसियु र ३५ जना भेन्टिलेटरमा छन्। आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा ३७ जना आइसियु र २४ जना भेन्टिलेटरमा छन्।
प्रदेश १ मा ५ आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेशमा ४ जना आइसियुमा छन् भने गण्डकी प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।
लुम्बिनी प्रदेशमा ४० जना आइसियु र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ४ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको आठ वटा अस्पतालमा गरी ५१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ३० जना आइसोलेसनमा छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ७ आइसियु, ३ भेन्टिलेटर र २२ जना आइसोलेसनमा छन्।
वीर अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र १२ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १ जना आइसियु र ४ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ जना आइसियु, ७ भेन्टिलेटरमा १७ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र २० जना आइसोलेसनमा, पाटन अस्पतालमा ३ आइसियु, ५ भेन्टिलेटर र ३६ जना आइसोलेसनमा छन्।
यस्तै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना संक्रमित मात्र आइसोलेसनमा छन्। ह्याम्स अस्पतालमा ४ आइसियु, १ जना भेन्टिलेटर र १० जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।