काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ९ सय कुल संक्रमितमध्ये २० देखि २९ वर्षका २ सय ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि बिहीबार सबैभन्दा धेरै संक्रमित भेटिनेमा ३० देखि ३९ वर्ष उमेरका व्यक्ति थिए। ३० देखि ३९ वर्षका १९३, ४० देखि ४९ वर्षका १६७, ५० देखि ५९ वर्षका ९८, १० देखि १९ वर्षका ६६, ६० देखि ६९ वर्षका ४४ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका ३५, नौ वर्ष मुनिका १५, ८० देखि ८९ वर्षका ९, ९० देखि एक सय वर्षसम्मका २ र अज्ञात २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ६ हजार १ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ९ सय जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८ सय३६ पिसिआर र ६४ जना एन्टीजेन परीक्षणमा गरी ९ सय जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ। जसमध्ये ५ हजार ८ जना आइसोलेसनमा छन्।