धनगढी- कैलालीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा शुक्रबार उपचार गराइरहेका उनको राती साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ती पुरुषमा कडा खालको श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।