काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ८४३ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ४ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७६८ पिसिआर र एन्टीजेन परीक्षणमा ७५ जनाको गरी ८४३ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ। जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन्। यसअघि शुक्रबार ९ सय जना कोरोना संक्रमित भेटिएका थिए।
नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख ४० हजार ४ सय १७ पुगेको छ। गत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ७५ पुगेको छ। हाल ७४ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा २ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये ३९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।