काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। ८४३ सय कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका १८५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार सबैभन्दा धेरै संक्रमित भेटिनेमा २० देखि २९ वर्ष उमेरका व्यक्ति थिए।
२० देखि २९ वर्षका १७५, ४० देखि ४९ वर्षका १३६, ५० देखि ५९ वर्षका ९८, १० देखि १९ वर्षका ७२, ६० देखि ६९ वर्षका ४९ जना संक्रमित छन्। यस्तै, ७० देखि ७९ वर्षका २९, नौ वर्ष मुनिका १७, ८० देखि ८९ वर्षका ४ र अज्ञात १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ६ हजार ४ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७६८ पिसिआर र एन्टीजेन परीक्षणमा ७५ जनाको गरी ८४३ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ। जसमध्ये ५ हजार ५ सय ४५ जना आइसोलेसनमा छन्। देशभर हाल १३९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।