पोखरा- उपत्यकाबाहिर गण्डकी प्रदेशमा पहिलो पटक २५६ स्लाइसको सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ। पोखरासहित गण्डकी प्रदेशका बिरामीहरुलाई सहज र सुलभरुपमा गुणस्तरीय सेवा दिन अत्याधुनिक सुविधासहितको सिटी स्क्यान सेवा सुरु गरिएको हो।
विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एमआरआइ डाइग्नोस्टिक सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको हो। सेन्टरका अनुसार यो सिटी स्क्यान गण्डकी प्रदेशकै ठूलो सिटी स्क्यान हो।
विशेष गरी मुटु, मस्तिष्क, फोक्सो, पेट र हात खुट्टाको रगतको नसाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाहरुको लागि कम विकिरण दिएर सिटी स्क्यान गर्ने सुविधा रहेको छ। सिटी स्क्यानको सुविधा २४ घण्टा नै उपलब्ध रहने बताइएको छ।