काठमाडौं - नेपाल एशोसिएसन अफ युरोलोजिकल सर्जनको अध्यक्षमा प्राडा उत्तमकुमार शर्मा निर्वाचित भएका छन्।
शनिबार भएको अनलाइन निर्वाचनले एशोसिएसनको अध्यक्षमा प्राडा शर्मालाई चयन गरेको हो। उपाध्यक्षमा पारसमणी श्रेष्ठ, सचिवमा डा अनिल श्रेष्ठ, कोषाध्यक्षमा डा भोजराज लुइलेट, सदस्यहरुमा डा सुमन चापागाई, डा दिपेशकुमार गुप्ता, डा कुशल कार्की, डा अरविन्द कुमार शाह र डा हरि बहादुर केसी निर्वाचित भएको एशोसिएसनले जनाएको छ। उक्त कार्यकाल आगामी तीन वर्षसम्मको रहनेछ।
कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी अनलाइन भोटिङको व्यवस्था गरेको एशोसिएसनले जनाएको छ। एशोसिएसनले शनिबार नै छैठौँ वार्षिक हाइब्रिड कन्फरेन्स सम्पन्न गरेको छ।