काठमाडौं - देशभर हाल १६२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। कुल १ हजार ९६ संक्रमितमध्ये १६२ जना आइसियु र भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
११६ जना आइसियु र ४६ जना भेन्टिलेटरमा छन्। यसअघि शनिबार १३९ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा ७ जना आइसिुमा र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा ७ जना आइसियु, बागमती प्रदेशमा ६० जना आइसियु र २८ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आइसियु र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आइसियु र २ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको आठ वटा अस्पतालमा गरी ६६ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८९ जना आइसोलेसनमा छन्। यसअघि शनिबार काठमाडौं उपत्यकामा मात्र ६० जना कोरोना संक्रमित आइसियु र भेन्टिेलेटरमा थिए।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ९ आइसियु, ४ भेन्टिलेटर र ४९ जना आइसोलेसनमा छन्। वीर अस्पतालमा ७ आइसियु, १ भेन्टिलेटर र १७ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा ३ जना आइसियु र ७ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, ७ भेन्टिलेटरमा २० जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ३ भेन्टिलेटर र २० जना आइसोलेसनमा, पाटन अस्पतालमा ६ आइसियु, १० भेन्टिलेटर र ५१ जना आइसोलेसनमा छन्।
यस्तै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। १५ जना संक्रमित आइसोलेसनमा छन्। ह्याम्स अस्पतालमा २ जना आइसियु र १० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।