काठमाडौं - आइतबार पनि भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै भेटिएको छ। आइतबार थपिएका कुल १ हजार ९६ संक्रमितमध्ये ३० देखि ३९ वर्षका २६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि शनिबार पनि सबैभन्दा धेरै संक्रमित भेटिनेमा ३० देखि ३९ वर्षका व्यक्ति थिए।
आइतबार २० देखि २९ वर्षका २२२, ४० देखि ४९ वर्षका १७७, ५० देखि ५९ वर्षका १३३, १० देखि १९ वर्षका ९१, ६० देखि ६९ वर्षका ६० जना संक्रमित थपिएका छन्।
यस्तै, ७० देखि ७९ वर्षका २५, नौ वर्ष मुनिका २१, ८० देखि ८९ वर्षका १४, १० देखि एक सय वर्षका ३ र अज्ञात ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कम उमेरका मानिसहरुमा पनि संक्रमण बढी मात्रामा देखिन थालेको छ। पछिल्लो २४ घण्टामा २० वर्षमुनिका ११२ जनामा संक्रमण भेटिएको छ।
नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पिसिआर परीक्षणमा १ हजार १५ र एन्टिजेनमा ८१ गरी १ हजार ९६ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये ६ हजार २ सय ९० जना आइसोलेसनमा छन्।