काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि विदेश जानुअघि आयोगबाट अनुमति पत्र लिन आग्रह गरेको छ।
आयोगले आइतबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षाका विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अनुमति पत्रसम्बन्धि निर्देशिका,२०७७ अनुसार आयोगबाट अनुमति पत्र लिन आग्रह गरेको हो।
आयोगले गत असोज १५ गतेदेखि नै चिकित्सा शिक्षाका विभिन्न विधामा विदेशमा अध्ययन गर्ने र अध्यापन समाप्त भएपछि सम्बन्धित काउन्सिलमा दर्ता हुने विषयहरु अध्ययन गर्न जानुपूर्व आयोगबाट जारी हुने अनुमति पत्र लिनुपर्ने व्यवस्था गरेको जनाएको छ।
विदेशमा अध्ययनका लागि जान आयोगले लिने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र अनुमति पत्र पाउने व्यवस्था रहेको पनि जनाएको छ।
हेरौं सूचना