काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा ७ जना डाक्टरलाई पक्राउ गरेको छ। यस्तै एक जना कन्सल्टेन्सी सञ्चालक पनि पक्राउ गरेको सिआइबीले जनाएको छ।
देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई सिआइबीको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई सिआइबीले आज सार्वजनिक गर्ने भएको छ। सिआइबीका अनुसार २ जनालाई बिराटनगरबाट र बाँकीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका सबैले एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएका छन्। एसएलसीमा विज्ञान विषयमा ४० नम्बर ल्याएका केहीले उक्त नम्बरलाई किर्ते गरेर ८० बनाएको समेत फेला परेको सिआइबीले जनाएको छ।
पक्राउ पर्नेमध्ये एक जना पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतम हुन्।
मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिकप्रमाणपत्र नक्कली भएको सिआइबीले जनाएको छ।
बाँकीको विवरण केही बेरमा..