काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्ष उमेरका व्यक्तिको संख्या सबैभन्दा धेरै छ। कुल १ हजार २ सय ८१ संक्रमितमध्ये २० देखि २९ वर्षका ३ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार सबैभन्दा धेरै संक्रमित भेटिनेमा ३० देखि ३९ वर्षका व्यक्ति थिए।
३० देखि ३९ वर्षका २७५, ४० देखि ४९ वर्षका २२२, ५० देखि ५९ वर्षका १५५, ६० देखि ६९ वर्षका १०५, १० देखि १९ वर्षका ७४ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका ३८, नौ वर्ष मुनिका २४, ८० देखि ८९ वर्षका १८, ९० देखि एक सय वर्षका १ र अज्ञात ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकाका मात्र ६३४ जना छन्। उक्त अवधिमा आठ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।