नेपालगंज- भेरी अस्पतालले आजदेखि कोरोना संक्रमितको संख्या बढेपछि लक्षण भएका व्यक्तिलाई चिकित्सकले सिफारिस गरे मात्र नि:शुल्क पिसिआर परीक्षण गर्ने जनाएको छ।
अस्पतालमा कोभिड-१९ को जाँच गराउन आउने व्यक्तिहरुको चाप बढिरहेको तर परीक्षणका लागि चाहिने एक्ट्रयाक्सन कीट र अन्य रिएजेन्ट पर्याप्त मात्रामा नभएकाले यस्तो निर्णय गरिएको बताइएको छ।
अस्पताल विकास समितिले नि:शुल्क परीक्षण आर्थिक हिसाबले दीगो हुन नसकी परीक्षण बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेरी अस्पतालको ओपिडी वा इमरजेन्सीमा खटिएका चिकित्सकले पिसिआर गर्न सिफारिस गरे मात्र नि:शुल्क परीक्षण गर्ने निर्णय गरेको हो।
अन्य सेवाग्राहीले स्वेच्छिक रुपमा पिसिआर परीक्षण गराउन चाहेमा एक हजार शुल्क लाग्ने समेत निर्णय गरेको बताइएको छ।
तीमध्ये भेरी अस्पतालमा ८६ जना संक्रमित उपचाररत छन्। अस्पतालका अनुसार ८६ संक्रमितमध्ये ३२ जना आइसियुमा र ६ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।