काठमाडौं - सरकारले अत्यावश्यक पराम्परागत तथा सांस्कृति कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध, मलामी, जात्रा जस्ता धार्मिक तथा सामाजिक कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको हो।
यदी यी कार्य गरेमा पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गरी पनि गर्न पाउने चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए।
विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने मन्त्री गुरुङले बताए।