काठमाडौं - सरकारले होटल तथा रेष्टुरेण्ट बिहान आठ बजेदेखि बेलुकी आठ बजेसम्म मात्र सञ्चालन हुन पाउने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यसपछिको समयमा भने होम डेलिभरी मात्र गर्न पाइने जानकारी दिए।