काठमाडौं- नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि ३० बुँदे आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो।
आदेशमा संक्रमण फैलिएका २५ वटा ठूला शहरका विद्यालय तथा शिक्षण संस्थाहरुको शैक्षिक गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने र ती क्षेत्रमा भर्चुअल माध्यमबाट सिकाइका विधि अपनाउन, सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु वैशाखभर बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन्।
हेरौं आदेशको पूर्ण पाठ