नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का ६ जना कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ।
वडाअध्यक्ष प्रमोद रिजालले सामाजिक सञ्जालमार्फत कार्यालयका ६ जना कर्मचारीमा संक्रमण भएको र परिस्थित अनुकूल नभएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएका छन्।
वडाका ३ महिला र ३ पुरुष गरि ६ जना कर्मचारीलाई कोरोना पुष्टि हो। अन्य कर्मचारी र जनप्रतिनिधिको पनि पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको बताइएको छ।