काठमाडौं- सिनामंगलस्थित सूर्य ल्याबले कारोना भाइरस जाँचका लागि पिसिआर परीक्षण नै नगरी रिपोर्ट दिने गरेको आरोप लागेको छ।
जाँच नै नगरी कोराना संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको पाइएपछि महानगरीय प्रहरी अपराध महाशाखाले ल्याबमा छापा मारेको छ।
महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले ल्याबमा छापा मारिएको बताए। नक्कली पीसीआर रिपोर्ट दिने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
अहिलेसम्म ४ जनाको कोरोना जाँच नै नगरी संक्रमण नभएको रिपोर्ट दिएको पाइएको महाशाखाले जनाएको छ।