काठमाडौं- भेरी अस्पतालको पिसिआर प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा मंगलबार ९२ दशमलब ७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। १९३ मध्ये १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
पछिल्लो ४८ घण्टामा बाँकेमा ५६८ नमुना परीक्षण गर्दा ३९८ जनामा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ। याे कुल नमुनाकाे ७० प्रतिशत हाे।
सोमबार मात्र भेरी अस्पतालमा ३७५ नमुना परीक्षण गर्दा २१९ जनालाई संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी बागेश्वरी प्रयोगशालामा गरिएको ८५ जनाको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेजमा गरिएको परीक्षणको रिपोर्ट भने आउन बाँकि छ।
संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेमा वैशाख ९ (बिहीबार) देखि लकडाउन गरिने भएको छ। आज बसेको जिल्ला कोभिड-१९ संकट समन्वय केन्द्रको बैठकले यस्तो निणर्य गरेको हो।