काठमाडौं– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १३ बुँदे निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाग हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।
२५ जना भन्दा बढी भेला हुन नपाइने, मठमन्दिरमा पूजा तथा प्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्ने/गराउने पनि सीडीओ कार्यालयले जारी गरेको निर्देशनमा उल्लेख छ।
यस्तै, सार्वजनिक सवारी साधनहरुले पनि स्वाथ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै सवारी चलाउन निर्देशन दिइएको छ।