काठमाडाैं- रुसी कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।
औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लाागि अनुमति दिइएको जानकारी दिएको हो।
नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लाागि अनुमति दिएको थियो।