काठमाडाैैं- कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, बागलुङले बागलुङ नगरपालिकाका ३ वटा वडामा निषेधाज्ञा जारी गरेकाे छ।
जिल्ला काेभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले कोरोना भाइरस संक्रमण फैलन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
वैशाख ७ गते मंगलबार राति १२ बजेदेखि १६ गतेसम्म लागू हुने गरी बागलुङ नगरपालिका वडा नम्बर १२, १३ र १४ का साविक अमलाचाैर,पैयूपाटार, नारायस्थान गाविसकाे क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएकाे प्रशासनले जनाएकाे छ।
यो अवधिभर सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द हुनेछन्।
यस्तै, अनावश्यक रुपमा हिँडडुल गर्नसमेत रोक लगाइएको।
स्वास्थ्य सेवा, मालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सञ्चार सेवा, कृषि ढुवानीलगायतलाई अत्यावश्यक सेवाबाहेक नीजि तथा सार्वजनिक यातायात र बजार क्षेत्रलाई बन्द गरिनेछ।
