काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री मात्र प्रयोगमा ल्याउन माताहतका निकाय र सरोकारवालालाई अनुरोध गरेको छ।
मन्त्रालयको वैशाख ३ गतेको मन्त्रिस्तरीय निर्णयले प्रयोगशाला, प्रयोगशालामा प्रयोग हुने उपकरण र सामग्रीहरुका साथै रेडियो इमेजिङ सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवं भरपर्दो हुनुपर्ने भन्दै युएसएफडिए, इयुसिइ जस्ता अन्तराष्ट्रिय मान्यता प्राप्त सामग्री प्रयोगमा ल्याउन अनुरोध गरेको हो।
