काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्ष ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल २ हजार ३ सय ५१ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० देखि २९ वर्षका ५४८, ४० देखि ४९ वर्षका ३५६, ५० देखि ५९ वर्षका २६७, १० देखि १९ वर्षका २२४, ६० देखि ६९ वर्षका १२७ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका ५२, नौ वर्ष मुनिका ५२, ८० देखि ८९ वर्षका १७, ९० देखि एक सय वर्षका १ र अज्ञात १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितको संख्या १ हजार ५१ छ। गत २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।