काठमाडौं–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
प्रतिष्ठानका सह–प्रवक्ता डा चुरामणी पोखरेलका अनुसार सुनसरीको धरान–११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। ती पुरुषको बुधबार राति ११ बजेर ५७ मिनेटमा मृत्यु भएको पोखरेलले जनाकारी दिए।
ती पुरुषलाई मंगलबार कोरोना पुष्टि भइ प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप बिरामी समेत थिए।