काठमाडौं - भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।
कुल संक्रमितमध्ये बाँके जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ। बाँकेमा मात्र १ सय ५४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
बर्दियामा २६, आर्मी अस्पतालमा ८, दैलेख र दाङमा समान ३÷३ जना, कैलाली, एन.ए, पश्चिम रुकुममा २÷२ जना, जुम्ला, कपिलवस्तु, मकवानपुर र सुर्खेतको १÷१ जनामा कोरोना भेटिएको अस्पतालले जनाएको छ।
संक्रमित औसत उमेर ३४ दशमलव ४४ वर्ष रहेका छन्। जसमध्ये न्यूनतम २ देखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ।