काठमाडौं- वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ। अत्यावश्यक कामबाहेक सीमानाकाबाट ओहोरदोहोर गर्न रोक लगाइएको छ।
दैनिक सक्रिय संक्रमितको संख्या बढ्न थालेपछि नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको जनाएकाे छ।
अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ नजान पनि प्रशासनले आग्रह गरेको छ। पर्सामा अहिले सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी पुगिसकेको छ।
पछिल्लाे समय देशभर संक्रमितको संख्या बढ्दै गएकाे छ। बिहबार मात्र देशभर २ हजार ४२८ जनामा संक्रमण देखिएकाे थियाे।
स्वास्थ्य मन्त्रालयकाे हिजाेकाे तथ्याङ्क अनुसार देशभर १२ हजार ६९० सक्रिय संक्रमित रहेका छन्।