चितवन– चितवनमा एकजना कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको पुरानो मेडिकल कलेज चितवनले जनाएको छ ।
निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।
अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।
कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।