काठमाडौं - देशभर हाल २३० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १७३ आइसियु र ५७ जना भेन्टिलेटरमा गरी २३० जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा ११ जना आइसियुमा छन् भने प्रदेश २ कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ७२ जना आइसियु र ३९ जना भेन्टिलेटरमा छन्। गण्डकी प्रदेशमा १ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६५ जना आइसियु र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १० जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको १२ वटा अस्पतालमा गरी ११७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ४६६ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ७ भेन्टिलेटर र ८८ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ४ आइसियु, ४ भेन्टिलेटर र ३३ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा १ भेन्टिलेटर र ३७ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १० भेन्टिलेटरमा र ५४ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ३ आइसियु, १ भेन्टिलेटर र ९ जना आइसोलेसनमा, पाटन अस्पतालमा ७ आइसियु, ८ भेन्टिलेटर र ६५ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा २ जना आइसियु र ३४ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ३० जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु ३ जना भेन्टिलेटरमा र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा ९ जना आइसियु, १ जना भेन्टिलेटरमा र ४० जना आइसोलेसनमा, नेपाल मेडिसिटी अस्पतालमा २० जना आइसियु, ५ जना भेन्टिलेटर र २६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।