काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये २० देखि २९ वर्षका ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल २ हजार ५ सय ५९ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३० देखि ३९ वर्षका ५९३, ४० देखि ४९ वर्षका ४६३, ५० देखि ५९ वर्षका २६८, १० देखि १९ वर्षका १९९, ६० देखि ६९ वर्षका १४३ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका ५५, नौ वर्ष मुनिका ५४, ८० देखि ८९ वर्षका १५, ९० देखि एक सय वर्षका ४ र अज्ञात १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितको संख्या ९४० छ। गत २४ घण्टामा देशभर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।