काठमाडौं- धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा १६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गाउँपालिकाका सूचना अधिकारी कृष्ण बहादुर पौडेलका अनुसार संक्रमितमध्ये कुण्डला देवी माध्यमिक विद्यालयका मात्र एक शिक्षक र अन्य ९ जना विद्यार्थी रहेका छन्। यस्तै गाउँपालिकाका एकजना जनप्रतिनिधि, एकजना स्वास्थ्यकर्मी र दुईजना अन्य व्यक्तिमा संक्रमण पुष्टि भएको उनको भनाइ छ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि गाउँपालिकाले १६ जनाको स्वाब संकलन गरि बिहीबार त्रिशुली अस्पताल नुवाकोटमा स्वाब परीक्षणका लागि पठाइएको थियो। त्रिशुली अस्पतालले शुक्रबार दिएको रिपोर्ट अनुसार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।
गाउँपालिकाका सूचना अधिकारी पौडेलका अनुसार भारतबाट गाउँ फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण भएको र उनी मार्फत नै गाउँपालिका भित्रको विद्यालयका विद्यार्थी तथा जनप्रनिधिमा कोरोना संक्रमण सरेको हो।
कुण्डला देवी माविका एक शिक्षक र ९ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले सो विद्यालय केही समय बन्द गर्ने निर्णय समेत गरिसकेको सूचना अधिकारी पौडेलको भनाइ छ।
उनले भने, ‘शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएकाले विद्यालय बन्द गरेर भोलिदेखि नै कन्ट्याक ट्रेसिङ सुरुगर्ने तयारी गरेका छौं।