काठमाडौं - देशभर हाल २८२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २१३ आइसियु र ६९ जना भेन्टिलेटरमा गरी २८२ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २३० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १४ र प्रदेश २ मा ७ जना कोरोना संक्रमित आइसियुमा छन्। यहाँ कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। बागमती प्रदेशमा ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७४ जना आइसियु र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आइसियु र सुदूरपश्चिम प्रदेशमा १४ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको १२ वटा अस्पतालमा गरी १०८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। ४७१ जना आइसोलेसनमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसियु, ८ भेन्टिलेटर र ८७ जना आइसोलेसनमा छन्। श्री वीरेन्द्र अस्पताल छाउनीमा ४ जना आइसियु र २९ जना आइसोलेसनमा, वीर अस्पतालमा ४ आइसियु, ३ भेन्टिलेटर र ३४ जना आइसोलेसनमा, नेपाल प्रहरी अस्पतालमा २ आइसियु र ५ भेन्टिलेटर र ३९ जना आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ जना आइसियु, १२ भेन्टिलेटरमा र ५२ जना आइसोलेसनमा, त्रिवि शिक्षण अस्पतालमा ५ आइसियु, ५ भेन्टिलेटर र ४३ जना आइसोलेसनमा, पाटन अस्पतालमा ८ आइसियु, १० भेन्टिलेटर र ७२ जना आइसोलेसनमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १ जना आइसियु र १७ जना आइसोलेसनमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा ३७ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ९ जना आइसियु ३ जना भेन्टिलेटरमा र २१ जना संक्रमित आइसोलेसनमा, ह्याम्स अस्पतालमा ९ जना आइसियु, १ जना भेन्टिलेटरमा र ४० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।