काठमाडौं - गत २४ घण्टामा भेटिएका कुल संक्रमितमध्ये ३० देखि ३९ वर्षका ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल २ हजार ६ सय १८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २० देखि २९ वर्षका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका थिए।
२० देखि २९ वर्षका ५७३, ४० देखि ४९ वर्षका ४४८, ५० देखि ५९ वर्षका ३१०, १० देखि १९ वर्षका १८०, ६० देखि ६९ वर्षका १३६ जना संक्रमित छन्।
यस्तै, ७० देखि ७९ वर्षका ९१, नौ वर्ष मुनिका ६०, ८० देखि ८९ वर्षका २१, ९० देखि एक सय वर्षका २ र अज्ञात ७८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।