बाँके- खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि आकस्मिक बाहेककाे सेवा बन्द भएको छ।
अस्पतालले शनिबार सुचना प्रकाशित अस्पतालमा कार्यरत कर्मचारीकाे पिसिआर परीक्षण गर्दा परीक्षण गरेका मध्ये ९० प्रतिशतमा कोरोना संक्रमण देखिएपछि अस्पतालले सेवा बन्द गरेको जनाएकाे छ। अस्पतालका एक डाक्टर, छ जना नर्स र तीन जना हेल्परमा कोरोना पोजेटिव देखिएको बताइएकाे छ।
अस्पतालले आज आइतबारदेखि वैशाख १८ गतेसम्म आकस्मिकबाहेककाे सेवा बन्द रहने जनाएकाे छ।
जसबाट बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमासमेत मागेको छ।