काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शय्या भन्दा माथिका सबै अस्पतालहरुलाई अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी सहित मन्त्रालयमा भएको आपतकालिन कार्य सञ्चालन केन्द्रको आइतबारको बैठकले सबै अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गरेर राख्न निर्देशन दिने निर्णय गरेको हो।
स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमका अनुसार जिल्ला अस्पताल अर्थात ५० शय्या सम्मका अस्पताल, १०० शय्या सम्मका अस्पताल, २०० शय्या सम्मका अस्पताल, मेडिकल कलेज तथा शिक्षण अस्पताल र ५०० शय्या सम्मका अस्पतालहरुले क्रमश २०,३५,५० र १०० वटा ठूलो अक्जिसन सिलिन्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
अक्सिजन सिलिन्डर व्यवस्थापनको सोधभर्ना स्वास्थ्य मन्त्रालयले गर्ने डा गौतमले बताए। अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्ने अस्पतालहरुलाई प्रतिसिलिन्डर २० हजार वा परेको मुल्यको खर्च दिने डा गौतमले जानकारी दिए।